किरात राईहरू विविध संस्कृतिले सम्पन्न जाति हो । त्यसैअनुसार विभिन्न खोलाटोलाका राईहरूले आआफ्नै शब्द र अर्थमा विवाह विधि गर्ने गर्दछन् । स्वेच्छाले केटाको तर्फबाट केटीको घरमा रक्सीको कोसेली लगेर केटी मगनी गर्ने परम्परालाई नै मागी विवाह भनिन्छ । यो परम्परा किरात राईहरूमा ज्यादै लामो समयदेखि चलिआएको हो र भनिन्छ यो प्रचलन सुम्निमा र पारुहाङकै पालादेखि चलिआएको हो । अहिले पनि सर्वाधिक रूपमा यही प्रचलन कायम रहेको छ । यस कार्यमा केटापक्षबाट दुई र केटीपक्षबाट दुईजनागरी जम्मा चारजना कलिया (मध्यस्थ व्यक्ति), धिवात्तोङ (केटीपक्षको ज्यादै नजिकको घर वा दाज्यूभाई जसले भाइ रीत समेत खान पाउ‘छ), सारते÷कुटुनी (केटीको लागि पहिलो कुराको मेसो झिक्ने मानिस) र गाउ‘घरको जान्नेसुन्ने अग्रजहरू र गाजीघर (केटीको घर) समेतको ठूलो भूमिका हुन्छ ।
No comments:
Post a Comment