किरात राई जातिको संस्कृति?

किरात राई जातिको संस्कृति

सामान्य बोलचालको भाषामा संस्कृति भन्नाले कुनै जाति वा समाजमा रहेको चालचलन, भेषभूषा, रीतिरिवाज, चाडबाड, कला, संगीत, नृत्य आदिलाई बुझाउँदछ । तर संस्कृति शब्दको वास्तविक अर्थ त्यो भन्दा व्यापक छ । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश अनुसार संस्कृति शब्दको अर्थ कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने सम्पूर्ण त्रियाकलापको परिस्कृत रूप हो भनिएको छ । यसरी संस्कृति शब्दको अर्थ बृहत र व्यापक छ र वास्तवमा कुनै पनि समुदाय वा समाजमा हुने सम्पूर्ण क्रियाकलापहरू यस अन्तरगत पर्दछन् ।
    संस्कृति के हो भन्ने बारे विभिन्न विद्वानहरूले अध्ययन मनन गरी यसलाई परिभाषित गरेका छन् जसमध्ये प्रसिद्ध मानवशास्त्री ‘एडवर्ड वी. टेलर’को परिभाषा सबैभन्दा लोकप्रिय र सान्दर्भिक मानिन्छ । उनको भनाइ अनुसार, “संस्कृति त्यो जटिलताको समष्टि हो जस अन्तरगत समाजको सदस्यको हैसियतले मानिसले सिकेका ज्ञान, विश्वास, कला, आदर्श, नियम, कानून, बानी–ब्यहोरा र अन्य खुबी र कुशलताहरू पर्दछन् ।”

No comments:

Post a Comment