राईजातिको चुला (हुत्लुङ )

नेपाल विविध धर्मावलम्वीहरुको देश हो । जातीय विविधतासँगै भएको विविध संस्कृति र धर्म पनि नेपाली गहना र सम्पत्तिको रुपमा लिनु पर्ने हुन्छ । यही विविध जातिभित्रका एक जाति हो राई । यो जाति विविध थर र उपथरमा विभाजित छ । यी थर र उपथरसँगै विविध भाषी र सँस्कृतिमा विभाजित रहेको पाईन्छ । यी जातिको बसोवास ऐतिहासिकहरुपले एउटै जातिभित्र विभिन्न भाषा रहेको पाईन्छ । यो जातिमा विविध पाछा र थर अनुसार २६ वटा फरक भाषाहरु रहेको अनुसन्धानले देखाएको छ । एक पाछाको भाषा अर्को पाछाले बुझ्न सक्दैन । यी किरात राई जातिले ‘किरात धर्म’ मान्ने गर्दैछ । ‘किरात धर्म’ भनेको मुत्दुमद्घारा निर्देशित राईहरुको जीवन प्रकृया हो भन्न सकिन्छ । फराकिलो र गहिरोरुपमा अध्ययन गरी प्रष्ट गर्ने हो भने हुत्लुङ र मुत्दुमकाुे समायोजनद्घारा राईहरूको जीवन प्रकृयालाई निर्देशित, निर्धारित गर्ने धर्मलाई किरात धर्म र यी धर्म मान्नेहरूलाई किरात धर्मालम्वी भनिन्छ । यस कारणले पनि कि राई जातिको सम्पूर्ण कार्य, आस्था, विश्वास, सुरक्षा, सुब्बेफोब्बे आदि हुत्लुङ र हुत्लुङ पूजा गर्दा भनिने मुन्दुममा आधारित हुन्छ ।

राई जातिको ठूलो माङ ९देवता० नै हुत्लुङ हो । हुत्लुङ भन्नाले हुत–दुलो÷खाल्डो÷डोव र लुङ–ढुंगा भन्ने बुझिन्छ अर्थात् विधिवत् डोव खनेर गाडिएको ढुंगा नै हुत्लुङ हो । यसलाई नेपालीमा चूला भनिन्छ । राई जातिको प्रत्येक घरमा हुत्लुङ हुन्छ । यो मुलघरको भित्री कुनाको एक छेउमा  गाडिएको हुन्छ । हुत्लुङ भएको अगेनालाई डाब्वेखाम भनिन्छ । डाब्वेखाम गोलाकार वा चौकुने हुन्छ । यही डाव्वेखामभित्र तीन वटा हुत्लुङलाई त्रिभुजाकारमा गाडिएको हुन्छ । हुत्लुङलाई घेरा लगाउन वरपर पनि ढुंगा राखिन्छ, जसलाई वारालुङ भनिन्छ । सबै हुत्लुङलाई भने मुन्दुमी भाषामा सुक्तुलुङ, बोविलुङ र कुरीलुङ भनेर बोलाईन्छ । यसरी नै तिनवटा हुत्लुङहरूको बेग्लाबेग्लै प्रतिकात्मक नाम पनि रहेको हुन्छ । माङपा बसेको अवस्थानुसार सम्मुख दाहिनेतिरकोलाई माखाप÷माखोपुलुङ अर्थात माताको र देव्रेतिर रहेकोलाई पाखाप÷पाखोपलुङ अर्थात पिताको प्रतिनिधि हो । पछाडिको होत्लुङलाई सायालुङ÷सुप्तुलुङ भनिन्छ । यो प्रतिष्ठा÷इज्जतको प्रतिनिधि हो । यी हुत्लुङहरूलाई अर्को नामबाट समेत बोलाउने गरिन्छ । चासुमलुङ ९अन्नढुंगा०, छेन्विलुङ ९लक्ष्मी ढुंगा० र सालुमसङ÷दक्छावुवा लुङ ९इष्ट–मित्र÷दाजुभाइ ढुृंगा० । हुत्लुङहरूलाई विभिन्न नामबाट बोलाउनुको कारण के हो भने राई जातिले शक्ति, अन्न, लक्ष्मी, इष्ट–मित्र र दाजुभाइ तथा सुरक्षा यी हुत्लुङबाट प्राप्त हुन्छ भन्ने विश्वास नै हो ।

पाखामा लडिरहेको ढुंगाबाट नै हुत्लुङ तयार गर्नुपर्दछ । ढुंगालाई हुत्लुङ बनाउन निश्चित विधि वा प्रकृया अपनाईन्छ, त्यतिकै मिल्दैन । सर्वप्रथमः हुत्लुृङ बनाउन मिल्ने प्रकारको ढुंगा खोजिन्छ । सुहाउँदो आकारको ढुंगा पाएपछि ताछेर गोलो र लाम्चो आकारमा मिलाइन्छ । तयारी ढुंगालाई घर भित्र्याई गाडनु अगाडि मर्चा–पानीले छर्केर चोख्याइन्छ । हुत्लुङ पाखा, कान्ला वा जंगलमा लडिरहेको समयमा विभिन्न जीवजन्तुले छोएको, फोहर लागेको साथै विभिन्न जीवजन्तुको रगत लागेको हुनसक्ने भएको र ती कुराहरूले हुत्लुङलाई बिटुलो बनाउने हुँदा चोख्याउने कार्य गरिएको हुन्छ । नचोख्याई गाड्ने हो भने माङ ९पितृ० बिग्रेर परिवारलाई पिराउ गर्ने हुन्छ । त्यसैले चोख्याइ भित्र लगेर विधिवत गाडिन्छ र पुजिन्छ । ढुंगा विधिवत गाडेपछि हुत्लुङ हुन्छ र माङ ९देवता० बन्न पुग्दछ । नयाँ हुत्लुङ गाड्दा एउटा भाले वा चल्ला चढाउनुृ पर्छ । यो बाहेक कोक्चोङ ९पितृ खाना०, मर्चा–पानी, अदुवा र मुकुम्सिरी ९अदुवाको चाना र भिजाएको चामल मिसाइ बनाइएको प्रसाद० समेत चढाउनु पर्छ । घरको छोरा अंश लिई छुट्टिएर भिन्न बस्ने भएमा हुत्लुङ÷माङ पनि छुटिन्छ । यो बेला तीनवटा नै नयाँ हुत्लुङ गाडिन्छ । हुत्लुङ छुट्याउनु भनेको प्रचलित मुलुकी ऐनमा व्यवस्थित अंश लिएर छुट्टिनु जस्तै हो । यसरी हुत्लुङ छुट्टयाएर लाने घरको सदस्य अबबाट बेग्लै घरको मूली ठहरिन्छ र सम्पूर्ण घरव्यवहार उनकै नामबाट चल्न थाल्दछ । यसपछिको ऋण, धन, आम्दानी र खती आफ्नै नाममा हुने हुन्छ, भागबण्डा गर्नु पर्दैन तर छोरी मान्छे छुट्टिनु भने हुत्लुङ÷माङ छुट््याउनु पर्दैन ।

हुत्लुङ÷माङ जुन घरबाट छुट््याउन लागेको हो पहिला त्यहाँको हुतलुङ÷माङ पुजिन्छ । त्यसपछि सम्पूर्ण दाजुभाइ, इष्टमित्र मिलेर नाङ्लो वा थालमा चामल राखी त्यसमाथि दियो बाली कलश समेत राखेर हुत्लुङ÷माङ दिईन्छ र नयाँ हुतलुङ÷माङ गाडी पूज्न मिल्छ । भइरहेको हुत्लुङ चर्कियो वा चोइटिएमा पनि अशुभ मानिन्छ । त्यसैले चोइटिएको वा चर्केको हुत्लुङलाई तुरुन्तै फेर्नुपर्दछ । यसरी नै घरको मूली मान्छे वा बुवा मरेको भए पाराङपा÷पाखापलुङ र आमा मरेको भए मारङमा÷माखोपलुङ तुरुन्तै फेर्नुपर्दछ । फेरिएन भने दुःख, विमार, मराउपराउ हुने, चोटपटक लाग्ने, वस्तुभाउ, अन्नपात लगायत अन्य सम्पत्तिमा हानी पु¥याउने विश्वास गरिन्छ ।
राई जातिको हुत्लुङ नै मुख्य माङ ९देवता० भएकोले हुत्लङ वरपर जथाभावी गर्न र बोल्न मिल्दैन । जथाभावी गरेमा वा बोलेमा हुतलुङ÷माङ विटुलो हुन्छ जसलाई माङलेङमा भनिन्छ । हुत्लुङ पूज्दा माङपाले सफा, चोखो नितो गर्नुपर्दछ । त्यसरी नै माङमा चढाइने कोक्चोङ, जाँड, मर्चापानी, अदुवा सफा हुनुपर्दछ । राईजातिभित्र बाख्रालाई अशुद्ध मानिन्छ । त्यसैले बाख्राले हुत्लुङ छुन मिल्दैन । माङमा चढाउने कोदो, मर्चापानी साथै अदुवा र काँक्रको बुट्टासमेत बाख्राले छोएको हुनुहुँदैन । हुत्लुङमा बाख्राको मासु समेत पकाउन मिल्दैन । हुत्लुङ पूज्दा माङताङपाले नानाभाँती गफ गर्न नमिल्ने, टर्चले देखाउन नमिल्ने हुन्छ भने आफ्नै पाछाको भाषामा बोल्नु मर्ने, राई जाति बाहेककाले घरभित्र पस्न नमिल्ने, हुत्लुङमा चढाएको वस्तुहरु राई वाहेक अन्य जातिलाई दिन नमिल्ने, चिण्डो, मुलथाम, हाँडी र हुत्लुङ छुन हुँदैन । घरको छोरीचेली र मूली छोरी मान्छे अन्यसँग लसपस गर्नु हुँदैन भने छोरा मान्छेले पनि अन्यजातकी आईमाईसँग लसपस गर्न मिल्दैन । घरभित्र झगडा भई कसैलाई थुक्ने, सराप्ने र रगतपच्छे समेत गर्न हुँदैन । नयाँ अन्नवाली नुवाङगी गरृर मात्र खान मिल्ने, घरको राँगा, सुगुर घरसँगै वा घरको नजिक मारेमा पोलेर हुत्लुङमा चढाउनपर्छ । हुत्लुङ चर्कनु, चोइटिनु समेत हुँदैन, यस विपरीत कुनै काम हुन पुगेमा माङलेङमा हुन्छ । माङलेङमा भएमा परिवारका सदस्यहरूमा शरीर, सम्पत्ति हानी हुने हुन्छ । यस्तो हुन गएमा सकभर छिटो गरेर हुत्लुङ छर्केर चोख्याईन्छ । यो मर्चापानीलाई मक्लिवा भनिन्छ । चोख्याउने बेला मुन्दुमी भाषाबाट माङलेङमा कार्य गरिने छैन भनेर वाचा पनि गरिन्छ । हुत्लुङ चोख्याउने कार्यलाई माङलेङमा भनिन्छ । माङलेङमा गरेपछि भने हानी नोक्सानी पुर्याउदैन भन्ने विश्वास रहेको पाईन्छ ।
हुुत्लुङ नियमित रुपमा उँभौली वैशाख महिनामा र उँधौली मंसिर महिनामा पुजिन्छ जसलाई हुत्लुङ÷माङमा भनिन्छ । यो कार्य राईहरुको प्रत्येक पाछानुसार र सोहोन ९खोला० अुनुसार फरक पर्दछ । बैशाख महिनामा गरिने हुत्लुङ बक्मालाई छिमालिम सेवा भनिन्छ । यो समयमा बालीनाली लगाईदैछ, राम्ररी हुर्कोस, फुलोस् फलोस्, रोग आदि नलागोस, घामपानी मिलोस् भनेर श्रृष्टिकर्ता पारुहाङ–सुम्निमा साथै मृत पृतात्माहरुसँग सावा ९बल० मागिन्छ । मंसिर महिनामा गरिने हुत्लुङ खत्मा कार्यलाई चासुम कोप्मा सेवा भनिन्छ । यो सेवा गर्दा अन्नबाली पाकिसकेको हुन्छ र अन्नको सह रहोस् भन्ने सावा मागिन्छ । तर कुनै पाछा राईहरूले भने वर्षमा एकैचोटी दुवै गरेर चासुमकोप्मा सेवा नै गर्ने गरेको पाईन्छ । हुत्लुङ पूज्दा भाले, सुंगुर, चल्ला, अण्डा राँगाको मासु र माछा पनि चढाईन्छ । राईहरुको मुख्य माङ÷हुत्लुङ भएकोले जन्मदा, न्वारान, पास्नी, छेवर गर्दा होस् वा विहेबारी गर्दा र मान्छेको मरन हुँदा होस् वा यस्तै अन्य कार्य गर्दा होस् सर्वप्रथम हुत्लुङ पुजिन्छ । टाडा परदेश जाँदा होस् वा अप्ठ्यारो परिस्थितिमा पर्दा होस् हुत्लुङमा सावा माग्ने कार्य गरिन्छ । नयाँ जन्मेको बच्चा र नयाँ बुहारीलाई माङ÷हुत्लुङमा भित्र्याउनु पर्छ । हुत्लुङमा भित्र्याउनुको अर्थ हुन्छ अबबाट यिनी घरको सदस्य बन्यो र अबबाट बिरामी पर्दा होस् वा केही काम गर्दा होस् बुहारी र नयाँ बच्चाको पनि हुत्लुङबाट नै सावा माग्ने गरिन्छ । तर अन्य जातिकी भएमा माङमा जाँदिनन् र मूलघर भित्र पसेर मूलखावो र हुत्लुङ छुन मिल्दैन । त्यस्ती बुहारीबाट जन्मेका बच्चाहरुलाई समेत पोरामा लगाएपछि मात्र चूलामा भित्र्याउने कार्य गरिन्छ । पोरा भन्नाले दाजुभाइले आफ्नो वंशको रुपमा स्वीकार्दै पानी, खानेकुरा चलाउनु नै हो । पोरापाकमा कार्य गर्दा बच्चाको हातबाट दाजुभाइलाई दालभात चलाई भोज खाने कार्य गरिन्छ । अझ बुहारीको सवालमा चुरो ९मुख्य ठूलो० कुरा त हुत्लुङ पूज्दा चलाईने चिन्डोमा मर्चापानी भर्न पाउनु अधिकार, इज्नत र आफू पनि पछि हुत्लुङमा जानुसँग सरोकार राख्दछ । हुत्लुङ पूज्दा चलाउने चिण्डोमा मर्चापानी भर्न सत्य नडगाएकी बुहारीले मात्र पाउँदछिन्, अरुले पाउँदैनन् । त्यसरी नै छोरीचेलीको बिवाह भई पराई घर जान लागेमा हुत्लुङबाट निकाल्नु पर्छ । यसको लागि ज्वाईको तर्फकाट एउटा काँसको बटुका हुत्लुङमा चढाउनु पर्छ । यो बटुकालाई बुलुखुङ् भनिन्छ । बुलुखुङचढाउन नसक्ने भएमा एक रुपिया भएपनि चढाउनु पर्छ । यो नै बिवाहको मुख्य कडी हो भने भोजभतेर र अन्य कुरा त राम्रोको लागि मात्र हो । हुत्लुङ पुज्दाम अदुवाको कुछुर हान्दै सब्बेफाब्बे हेरिन्छ । यस्तो सुब्बेफाब्बे हेर्दा बलासाखा लावा काप्मा ९बल माग्नु०, छेन्विलावा कोप्मा ९आर्थिक लाभहानी०, हाङछालावा कोप्मा ९परिवारको शारीरिक, आर्थिक लाभहानी०, बेरीलावा कोप्मा ९मृतात्माहरुको आत्मा ठीक ठाउँमा पुगोस्०र सेन्चिसेन्माङ ९सपनामा देखेको र मनमा चिताएको कुरा पुगोस्० हेरिन्छ । हुत्लुङ÷माङको आफ्नै प्रकारको विशेषता र सीमाहरु रहेका छन् । हुत्लुङलाई नदी तारेर लान मिल्दैन, तारेमा शक्ति नास भई कुनै पनि प्रकारको सावा, रक्षा, अन्न, पैसा, सुब्बेफाब्बे पाउन नसकिने हुन्छ । त्यसैले बसाई सरेर जुन ठाउँमा पुगे पनि एक पटक हुत्लुङ पूजा गर्नको लागि पुख्यौली थलो फर्कने गर्दछन् । बच्चा जन्मेको भए देखाउन, बुहारी ल्याएको भए भित्र्याउन, जुठो सुतक परेको भए चोखिन पनि हुत्लुङ भएको ठाउँमा पुग्ने गर्दछन् । यति मात्र होईन आफूले उत्पादन गरेको अन्न समेत कोशी तारेर बिक्री नहुने, गरेमा अन्नको सह दुख पाईन्छ भन्ने विश्वास रहेको छ ।
वास्तवमा किरात धर्म भन्नाले किरात राईहरुको पुज्ने गरेको हुत्लुङ÷माङ नै हो । यो आफ्नो  श्रृष्टिकर्ता पारुहाङ–सुम्निमादेखि लिएर मृतात्मा पितृहरुको पूजा नै हो अर्थात् किरात राई धर्म भनेको नै वंश पूजा हो । यसरी वंश पूजा गनेृ भएकोले नै हुत्लुङ पुज्नुलाई दिवा बक्मा पनि भनिन्छ ।

No comments:

Post a Comment