किरात राई जातिको गुन्युचोलो दिने (बुसुनुङ्वा तित्) संस्कार

सामान्यतः छोरी जन्मेको ३ वर्षदेखि उता बिजोडी वर्षमा गुन्युचोलो, पटुकी, बर्को पहिराई गरिदिने कर्मलाई नै गुन्युचोलो
हो । यसदिन प्रथम पटक आमाबाबुले दही चामलको टीका लगाई दिएपछि अरूबाट टीका लगाई पैसा दिने र सक्नेले चुरा, गहनाहरू पनि लगाईदिने प्रचलन रहेको पाइन्छ ।
टीकाको सम्पूर्ण कार्यक्रम समाप्त भएपछि छेवर र गुन्यूचोलो दुवैको अन्त्यमा मामामावलीको शिर राख्ने भनी सुंगुरको ढाडे, भुटेको मासु, रक्सी, भाती र अचारविचारको कोसेली राखिदिने चलन रहेको छ । उक्त कोसेलीहरूमध्ये पिउने चिजहरू केही भाग त्यही नै खाईपिई गरी मनोरञ्जन गरिन्छ भने केही चाहिं मावलीहरू आफैले लिएर जान्छन् ।

No comments:

Post a Comment