किरात राई जातिको चोरी विवाह (ओनै चामेरी) संस्कार

केटीको सहमति भएर पनि आमा बाबुको असहमतिमा अथवा अप्ठ्यारो अवस्थामा आफ्नो नजिकको माइती वा नातेदारको सहयोग वा आफैंले पहल गरी विवाह गर्ने पद्दति नै चोरी विवाह हो । चोरी विवाह गर्नेले चोरको सोरमा केटीको घरमा दुईजना मानिस पठाई तपाईहरूको छोरीचेली फलानाको घरमा वा पासमा छ भनी जानकारी दिनु पर्छ । त्यसपछि केटीको घरको मर्जी बमोजिम केटाकेटी दुवैलाई बोलाई घर टेकाउने काम हुन्छ । तर चोरीको दण्डस्वरूप एक जोडी कठुवा वा एक जोडी मटियामा रक्सी राख्नुपर्दछ । अन्य रीतिहरू मागी विवाह समान छन् ।

No comments:

Post a Comment