किरात राई जातिको छेवर (ताङ्मुवा खोमा) संस्कार

किरात राई जातिको छेवर (ताङ्मुवा खोमा) संस्कार

छोरा जन्मेको दुई (२) वर्षदेखि उता जोडी वर्षमा, खोलाटोला अनुसार, छोराको पहिलो पटक केश खौरी नयाँ लुगा लगाइ दिने कर्म नै छेवर हो । उक्त दिन छोरालाई गोठमा लगी चोखो ठाउँमा मामा मावली वा जेठोपाकोको हातबाट केश काट्नु÷खौरिनु पर्दछ । केश खौरिंदा खोलाटोला अनुसार गलामा दाम्लोले बाध्ने चलन पनि रहेको पाइन्छ । यसको अर्थ पछि कहिले गलापासो नलागोस् अथवा नपरोस् भन्ने भनाइ रहेको पाइन्छ । केश भुइ‘मा नझरोस् भन्नाको लागि चेली (बहिनी) ले टपरामा थाप्नु पर्दछ । अन्त्यमा केशलाई चोखो ठाउ‘मा लगेर राखिन्छ । त्यसदिन नयॉ सिलाएको लुगा नाङ्लोमा राखी दही चामलले दियो, कलसको साथमा पूजा गर्दै आशिर्वाद दिइन्छ । नानीलाई नुहाईधुवाई गरी सोही नयॉ लुगा–टोपी, दौरा, सुरुवाल र भोटो पहिराएर दियो कलश अगाडि राखी पहिले बाबु आमा र त्यसपछि अन्य मान्यजनहरूबाट पैसा र आशिर्वाद सहित टीका लगाई दिइन्छ । कतै कतै बाबुले उपहारस्वरुप धनुकॉड दिने तथा मामाले टोपी ओढाइदिने चलन पनि रहेको छ ।

No comments:

Post a Comment